देउवा पक्षलाई गगनको चेतावनी- नेतृत्व वा अनुहार मन नपरे अधिवेशनमै आएर लोकतान्त्रिक तवरले हराउनू « Khabarhub

देउवा पक्षलाई गगनको चेतावनी- नेतृत्व वा अनुहार मन नपरे अधिवेशनमै आएर लोकतान्त्रिक तवरले हराउनू


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया रोक्ने छुट कसैलाई नरहेको स्पष्ट पारेका छन् । 

सोमबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक समापन गर्दै सभापति थापाले कुनै पनि तहका सभापति वा सदस्यहरूलाई राजनीतिक असहमति राख्ने अधिकार भए तापनि अधिवेशन रोक्ने छुट कसैलाई नरहेको बताएका हुन् । 

उनले नेतृत्व वा अनुहार मन नपरेको भए अधिवेशनमै आएर लोकतान्त्रिक तवरले हराउन र प्रतिस्पर्धा गर्न खुला चुनौती समेत दिए ।

सभापति थापाले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व, निर्वाचन आयोगको अध्यावधिक विवरण तथा अदालतको डिभिजन बेन्चको फैसला पूर्णतः कानुनसम्मत रहेको उल्लेख गरे । 

दिनरात पार्टीभित्रको घरझगडा र आरोप–प्रत्यारोपमा अल्झिनुको साटो सबै पुराना तथा नयाँ नेताहरू एकजुट हुनुपर्ने उनले बताए । 

साथै उनले असोज १६ गते पार्टीको १५औँ महाधिवेशन कुनै किन्तु–परन्तु बिना निश्चित रूपमा सम्पन्न हुने धारणा राखे । 

मंगलबारदेखि नै वडा तहबाट अधिवेशनको सम्पूर्ण प्रक्रियाहरू विधिवत् रूपमा प्रारम्भ हुने उनले जानकारी दिए । उनले आगामी महाधिवेशनलाई सफल बनाउन निवर्तमान सभापतिको भूमिका महत्त्वपूर्ण हुने बताए । 

उनले ’विशेष’ र ’नविशेष’ भनेर पार्टीभित्र भागबण्डा गर्न नहुने र यसरी पार्टी निर्माण हुन नसक्ने बताए ।  भेला वा बैठकहरू पार्टीको परम्परा र आन्तरिक विषय भएकाले यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।
 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ७ : ५४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५