तीन युवाले सुरु गरे ‘गन्तव्य कुरिएर’, घरदैलोमै सेवा दिने लक्ष्य « Khabarhub

तीन युवाले सुरु गरे ‘गन्तव्य कुरिएर’, घरदैलोमै सेवा दिने लक्ष्य


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । तीन युवाको संयुक्त पहलमा ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि’ सञ्चालनमा आएको छ। काठमाडौंको सामाखुसी–टाउनप्लानिङमा कार्यालय स्थापना गरी कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा सुरु गरेको हो ।

पत्रकारिता क्षेत्रमा कार्यरत गोपाल चन्द, सूचना प्रविधिका तिलक केसी र स्नातकोत्तर अध्ययनरत रामकुमार डंगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन्।

कम्पनीको उद्घाटन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष तथा समाजसेवी डिलाराम वलीले गरेका हुन्। उद्घाटन कार्यक्रममा वलीले कुरिएर सेवा सामान ओसारपसारमा मात्र सीमित नभई समय, सुरक्षा र विश्वाससँग जोडिएको व्यवसाय भएकाले सेवाग्राहीको विश्वास जित्नुपर्ने बताए।

कम्पनीका अध्यक्ष गोपाल चन्दले विदेश जानेभन्दा नेपालमै सम्भावना खोजेर व्यवसाय सुरु गरिएको बताए। प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सहज सेवा दिने र घरदैलोमै पुगेर कुरिएर सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको सञ्चालक तिलक केसीले बताए।

गन्तव्य कुरिएरले नेपालका विभिन्न स्थानमा कागजात, पार्सल तथा व्यावसायिक सामग्री पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा सञ्चालन गर्ने जनाएको छ। आगामी दिनमा सेवा सञ्जाल विस्तार गर्दै रोजगारी सिर्जना गर्ने कम्पनीको योजना छ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ८ : ३३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने