सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ « Khabarhub

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ


१ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको बताएका छन् । सोमबार राति प्रहरी हिरासतबाट निस्कँदै उनले सञ्चाकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानुनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरी प्रतिशोध साँधेको आरोप लगाए । उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको टिप्प्णी गरे ।

उनले सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रात्मक हुने प्रयासमा रोक लगाएको बताए । राज्यको निरंकुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको उनको भनाइ छ ।

“यो पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही हो । यो सरकार गठन भएदेखि कहिले मिडिया, कहिले टे«ड युनियन, कहिले अदालतलाई गिजोल्दै, गिजोल्दै आयो,“ उनले भने, “केही प्रक्रिया नै पूरा नगरी हुकुमी शैलीमा आक्रमणको प्रयास भयो । जनआस्थाले लेखेको न्यूजहरु गलत छन् भने राज्यले त्यसको खण्डन गरे हुन्छ ।“

उनले आफ्नो गिरफ्तारी पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही भएको टिप्पणी गरे । जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : १३ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना