सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ « Khabarhub

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको बताएका छन् । सोमबार राति प्रहरी हिरासतबाट निस्कँदै उनले सञ्चाकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानुनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरी प्रतिशोध साँधेको आरोप लगाए । उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको टिप्प्णी गरे ।

उनले सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रात्मक हुने प्रयासमा रोक लगाएको बताए । राज्यको निरंकुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको उनको भनाइ छ ।

“यो पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही हो । यो सरकार गठन भएदेखि कहिले मिडिया, कहिले टे«ड युनियन, कहिले अदालतलाई गिजोल्दै, गिजोल्दै आयो,“ उनले भने, “केही प्रक्रिया नै पूरा नगरी हुकुमी शैलीमा आक्रमणको प्रयास भयो । जनआस्थाले लेखेको न्यूजहरु गलत छन् भने राज्यले त्यसको खण्डन गरे हुन्छ ।“

उनले आफ्नो गिरफ्तारी पेसागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही भएको टिप्पणी गरे । जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १० : १३ बजे

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र