भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । उनीहरु रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिए । गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई पहिलो चरणमा राहत उपलब्ध गराएको छ । प्रतिपरिवार ४१ हजारका दरले राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

पालिकाको कार्यविधिअनुसार तत्काल ३० हजार र सहयोगीले दिएको ११ हजार थप गरी सहयोग उपलब्ध गराइएको छ । यस्तै, खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।

स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा सङ्कलित पाँच लाख ७७ हजार र पालिकाको १४ लाख ७७ गरी २० लाख ४७ हजार राहत उपलब्ध भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ६ : २६ बजे

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी