लागूऔषधसहित सात जना पक्राउ « Khabarhub

लागूऔषधसहित सात जना पक्राउ


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ५१ दशमलव ५४ ग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट प्रहरीले मोटरसाइकल, डिजिटल, तराजु, एनसेलका सिमकार्ड नौ थान, एनटिसीका तीन थान सिमकार्ड बरामद गरेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक लाख ४६ हजार, ९९ हजार, विभिन्न कम्पनीका किप्याड मोबाइलका तीन थान बरामद गरेको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ६ : ३३ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र