बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही « Khabarhub

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उनले पुँजीगत खर्च बढाउन सबै अवरोध हटाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहीले भने, ‘ऐननियम संशोधन गर्नुपर्नेछ भने गरौँ, कर्मचारीलाई तालिमको आवश्यकता हो भने त्यो पनि दिऊँ तर काम समयमै सक्ने र विनियोजित रकम पारदर्शी र प्रभावकारी रुपमा खर्च गर्नेतर्फ ध्यान दिऊँ ।’

उनले स्थानीय तहसँगको सहकार्य र कर्मचारीको काममा गति बढाएर वित्तीय प्रगतिमा सुधार ल्याउनुपर्ने धारणा राखे। कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले आर्थिक वर्ष २०८२–८३ को वित्तीय प्रगति सन्तोषजनक नभएको भन्दै यसपटक सुधारेर लैजानुपर्नेमा जोड दिए ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रगति विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कुल छ अर्ब नौ करोड ६२ लाख बजेट विनियोजन भएकामा असार मसान्तसम्म तीन अर्ब ३७ करोड १६ लाख खर्च भएको थियो । जुन कुल बजेटको ५५ दशमलव ३१ प्रतिशत बराबर हो ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ८ : ११ बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले