एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै « Khabarhub

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ ।

नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ ।

एफआइभीबी विश्व वरियताको कुरा गर्दा ताजा स्थितिमा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छ । एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो ।

नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हात पारेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १० : ०८ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले