एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै « Khabarhub

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ ।

नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ ।

एफआइभीबी विश्व वरियताको कुरा गर्दा ताजा स्थितिमा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छ । एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो ।

नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हात पारेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १० : ०८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि