चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता « Khabarhub

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी गरिरहँदा पार्टीमा ध्रुवीकरण तीव्र भएको छ।

दुवैतिर नखुलेका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का दोधारमा रहेका बेला अन्य नेता भने चुनदेवी छाडेर सानेपातिर भित्रिन थालेका छन् ।

कांग्रेस कोइराला पक्षका नेता केदार कार्की र सभापति गगन थापानिकट नेताहरूले दिएको जानकारी अनुसार उनीहरू कुनै पनि महाधिवेशनमा सहभागी नभई बीचमा बस्ने परिस्थितिमा पुगेका हुन् ।

तत्कालीन सभापति देउवाले यो महाधिवेशनमा भाग नलिन भने पनि उनकै साथमा रहेका नेताहरूले चुनदेवी छाडेर सानेपामा भित्रिएका हुन् ।

यसरी देउवा क्याम्पलाई बाइबाइ गरेर सभापति गगन थापाको पक्षमा उभिन सानेपा भित्रिनेहरूमा अहिलेसम्म केही शीर्ष नेता छन्।

देउवाको साथ छाडेर गगन नेतृत्वको कांग्रेसतिरै जोडिने क्रममा नेतृ किरण यादव पनि सानेपा पुगेकी छन् । बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।

सानेपामा केन्द्रीय कार्यसमिति बैठक अघि बढ्दै गर्दा नेताहरू मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, राजीवविक्रम शाह र रामहरि खतिवडासहितका नेताहरू मिसिएका छन् । कांग्रेसको महाधिवेशनको मुखमा एकपछि अर्को नेताले छाड्दा देउवा पक्षलाई तनाव भएको छ।

अझ तत्कालीन कार्यवाहक सभापति खड्का र नेता कोइराला दुवैतिर नखुली रिजर्भ बसिदिँदा देउवाको तनाव बढेको छ। अब विस्तारै राजनीतिक भविष्य र सम्भावना देखेका नेताहरू संस्थापनको पक्षमा उभिएका हुन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : ३२ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ