ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने « Khabarhub

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् ।

आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा ट्रम्पसँग भेट भए यस्तो आग्रह गर्ने बताएका हुन् ।

अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर ब्राजिल र अमेरिकाबीच तनाव बढिरहेका बेला लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ब्रासिलियामा आयोजित एक चुनावी कार्यक्रममा उनले महासभाका क्रममा ट्रम्पसँग कुराकानी गर्ने र ‘ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न’ आग्रह गर्ने बताएका हुन् ।

ब्राजिलको विदेश मन्त्रालयका अधिकारी कार्लोस बिकालो कोजेन्डेले भने दुई नेताबीच विशेष द्विपक्षीय बैठक तय नभएको बताएका छन् । यद्यपि, गत वर्षजस्तै महासभाका क्रममा दुई नेताबीच भेट हुन सक्ने उनको भनाइ छ।

अमेरिकाले जुलाईमा ब्राजिलबाट आयात हुने वस्तुमा दुई चरणमा नयाँ शुल्क लगाएपछि लुलाले त्यसलाई आर्थिक दबाबमार्फत ब्राजिलको चुनाव प्रभावित पार्ने प्रयासका रूपमा आलोचना गरेका थिए ।

ट्रम्प प्रशासनसँग ब्राजिलको तनाव सन् २०२५ मा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि चलेको मुद्दालाई लिएर अमेरिकाले ब्राजिलमाथि पहिलो चरणको शुल्क लगाएपछि थप बढेको हो।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : २८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर