दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग « Khabarhub

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा थन्किएको बताउँदै पीडितहरूलाई ती सामान प्रदान गर्न  माग गरे।

सांसद बोधनारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुरिएका निजी भवन, वित्तीय संस्थाका भवन तथा धार्मिकस्थललगायत संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्न माग गरे।

सांसद गङ्गादेवी श्रेष्ठले बाढी प्रभावितको उचित पुनःस्थापना तथा पुरिएका घर र भएको क्षतिको यथार्थ विवरण संकलन गर्न माग गरिन्। उनले भोटेकोशी कटान रोक्ने संरचना निर्माण थाल्न आग्रह गरेकी छन् ।

सांसद टिकाभद्र हमालले बाढीपीडितलाई सघाउन सरकारसँग आग्रह गरे। सांसद यशोदाकुमारी बरालले खानापकाउने ग्यासको अभावले जनता आहत भएकाले यो समस्या तत्काल समाधान गर्न माग गरिन् 

सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सर्वसाधारणले उपचार नपाएका गुनासो गरे। 

सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका सेवा प्रदायकले प्रवाह गरेको सेवा र मालसामानको भुक्तानी नपाएकाले तत्काल बक्यौता तिर्न  सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : ४३ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ