कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही  « Khabarhub

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने भन्दै कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने बताएका हुन् । 

वर्तमान सरकारले कर्मचारी संयन्त्रमाथि अनावश्यक नियन्त्रण र दबाब सिर्जना गरी आतङ्कित पार्ने काम गरेको उनले आरोप लगाए ।

उनले भदौ १७ र ३१ गते सर्वोच्च अदालतमा भएको आगलागी, काठमाडौँ जिल्ला अदालतबाट मुद्दाका मिसिलहरू रहस्यमय रूपमा चोरी भएको घटनाको छानबिन गर्न माग गरे । 

सांसद शाहीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले अबका भौतिक संरचना जलवायु जोखिमलाई सम्बोधन गर्ने गरी निर्माण गरिनुपर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको माग दृढतापूर्वक राख्नुपर्ने धारणा राखे । 

साथै उनले चाडपर्वका बेला महँगी र कालोबजारी रोक्न तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन माग गरे ।

मासिक ४५ देखि ५० हजार मेट्रिक टन एलपी ग्यास माग रहेकोमा पछिल्लो ४ महिनामा २० देखि २५ हजार मेट्रिक टन मात्र आयात भएको भन्दै उनले कूटनीतिक पहल मार्फत आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ३७ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ