प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई « Khabarhub

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्।

भेटवार्तामा आपसी हित तथा नेपाल–चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमणसमेत गरेका छन्।

उनले विश्वविद्यालयका गतिविधि तथा शैक्षिक कार्यक्रमबारे जानकारी लिएका थिए। त्यसैगरी, प्रधान सेनापति सिग्देलले १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागिता जनाएका छन्।

सिग्देलको चीन भ्रमणलाई नेपाल–चीनबीचको सैनिक सम्बन्ध तथा पारस्परिक सहयोगका विषयमा उच्चस्तरीय छलफल र सहकार्यका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ५५ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप