प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई « Khabarhub

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्।

भेटवार्तामा आपसी हित तथा नेपाल–चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमणसमेत गरेका छन्।

उनले विश्वविद्यालयका गतिविधि तथा शैक्षिक कार्यक्रमबारे जानकारी लिएका थिए। त्यसैगरी, प्रधान सेनापति सिग्देलले १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागिता जनाएका छन्।

सिग्देलको चीन भ्रमणलाई नेपाल–चीनबीचको सैनिक सम्बन्ध तथा पारस्परिक सहयोगका विषयमा उच्चस्तरीय छलफल र सहकार्यका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ३ : ५५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम