निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर « Khabarhub

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना गर्दै संसद् र सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफूमाथि गरिएको प्रश्न बिझाउन थालेको देखिएको छ।

सामाजिक सञ्जालको प्रयोग र प्रभावकै कारण काठमाडौं–२ बाट निर्वाचित रास्वपाका सांसद सुनिल केसीले फेसबुकमा आफ्नो आलोचना र अफवाह फैलाएको भन्दै निर्वाचन क्षेत्रका व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।

बाढीमा फसेका आफ्ना पतिको छिटो उद्धार गर्न हारगुहार गर्दा सामाजिक मर्यादा भुलेर मर्यादाहीन गालीगलौज र टिप्पणी गर्ने रास्वपा कार्यकर्तामाथि कुनै कारबाही नहुने तर सांसद प्रश्नबाट भागेको दाबी गर्ने व्यक्तिविरुद्ध सांसद केसीले साइबर ब्युरोमा उजुरी दिएका हुन्।

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने शंखरापुर–१ का राम लामाले सामाजिक सञ्जालमा प्रश्न गरेको भन्दै उनीविरुद्ध उजुरी गरिएको जनप्रतिनिधि मिलन खड्काले जानकारी दिए। अरू व्यक्तिविरुद्ध पनि केसीले उजुरी गरेको जानकारी ब्युरोले आफूलाई दिएको खड्काले बताए।

सोमबार शंखरापुर नगरपालिका–९ मा संकल्प नेपालले निर्माण थालेर अलपत्र छाडेको वृद्धाश्रमबारे सार्वजनिक लेखा समितिको टोलीसँगै केसी पनि स्थलगत निरीक्षणमा पुगेका थिए।

स्थलगत अनुगमनका क्रममा केसीको शैलीलाई ‘हुकुमी शैली लादेको’ भन्दै शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, वडा नम्बर ९ का अध्यक्ष सहदेव श्रेष्ठ, वडा सदस्य मिलन खड्कालगायतले आपत्ति जनाएका थिए।

त्यस क्रममा चर्काचर्की भएको खड्काले बताए। त्यही विषयलाई लिएर केसीले आफूविरुद्ध ‘भाग्यो’ भनेर भ्रम फैलाएको भन्दै उजुरी दिएको उनको भनाइ छ। केसीले आफ्नो आलोचना गर्ने र प्रश्न गर्नेहरूमाथि कारबाही हुनुपर्ने भन्दै बिहीबार संसद्बाट समेत आवाज उठाए।

सांसदको हैसियत दुरुपयोग गर्दै आफ्नै निर्वाचन क्षेत्रका आलोचकको मुख थुन्न प्रधानमन्त्री बालेन्द्र शाहनिकट मानिने सांसद केसीले प्रहरी र संसद्को दुरुपयोग गरेको आरोप लागेको छ।

संसद्को शून्य समयमा उनले भने, ‘उक्त निरीक्षणको मूल विषयलाई विस्थापित गर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग गर्दै राज्यका जिम्मेवार व्यक्तिहरूको मानमर्दन गर्ने उद्देश्यले गलत तथा भ्रामक प्रचार गर्नेमाथि आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही गर्न यसै संसद्मार्फत माग गर्दछु।’

यता, रास्वपाका केही सांसदहरू भने अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आइरहेका छन्। भदौ २३ गते जेनजी स्मृति दिवसका अवसरमा सञ्चारकर्मीलाई गृहमन्त्री सुधन गुरुङले धम्की दिएको विषयमा रास्वपा सचेतक क्रान्तिशिखा धितालले आपत्ति जनाएकी थिइन्।

उनले रास्वपा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेर आएको भन्दै आफूहरू सच्चिन नपर्ने, अरू मात्र सच्चिनुपर्ने हो कि भन्दै प्रश्नसमेत गरेकी थिइन्।

बिहीबारको संसद् बैठकमै अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षा गर्ने भन्दै रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपीनकुमार आचार्यले संसद्मा सरकारको ध्यानाकर्षण गराएका थिए।

रास्वपाका उच्च तहका नेताहरू अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै गर्दा सांसद केसी भने प्रश्न गर्ने आफ्नै मतदाताविरुद्ध उत्रिएर संसद्समेत गुहारेका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ५ : ३८ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना