अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका–२ आँपटारीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनका साथबाट मोबाइल २६ थान, ल्यापटप दुई थान, सिमकार्ड ९५ थान,  सिपियु चार थान, इन्भर्टर एक थान, ब्याट्री दुई थान, युएसबी ६ थान, राउटर दुई थान, विभिन्न प्रकारका डेटा केबुललगायत सामान पनि बरामद गरेको छ ।

ती उपकरण तथा सामग्री अवैध रूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको केन्द्रीय समाचारकक्षले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ६ : २३ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने