घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद « Khabarhub

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद


१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त कार्यालयबाट शुक्रबार बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पुजा पसल तथा स्टोरबाट पुजामा प्रयोग गर्ने घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो ।

उक्त जफत गरिएको चिल्लो पदार्थका करिब दुई दर्जन श्रीकृष्ण पुजा घ्यू लेखिएका सबै बट्टा जफत गरी आजै नष्ट गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिए ।

उनले भने, “दसैँ तिहारलाई लक्षित गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रविधि विभागले पुजा, होम, हवन तथा दीप प्रज्ज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई घ्यूका रूपमा उत्पादन गरी बिक्री वितरणकार्यलाई प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यद्यपि देशका विभिन्न सहर तथा बजारमा सो प्रतिबन्धित पदार्थ बेचिएको छ । यो अवैधकार्य हो, जुन सुर्खेत वीरेन्द्रनगरमा पनि भेटिएको छ ।”

पहिलो पटक भएकोले पसल धनीलाई सचेत बनाइएको र पुनः भेटिएमा कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिइएको सूचना अधिकारी दाहालले बताए । चाडपर्वका बेला मान्छेको भीड धेरै हुने र त्यस्तो चापाचापको बेलो व्यापारीले कालो बजारी गर्ने अवस्थालाई ध्यानमा राखेर बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उनको भनाइ छ ।

उक्त कार्यालयका प्रमुख श्रीराम न्यौपानेका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि कर्णाली प्रदेशका दशमध्ये सात जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर खाद्य स्वच्छता कायम गर्ने अभियानलाई स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा अगाडि बढाउँदै मिति नाघेका एवं अखाद्य वस्तु बिक्री वितरण हुन नदिन नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । जुम्ला कार्यालयले भने जुम्ला, मुगु र कालीकोट जिल्लालाई हेर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, शनिबार  ६ : ४७ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत