गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू)  « Khabarhub

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ ।

शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले बताए।

गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ ।

ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सुरु गरेपछि गोरखा दरबारबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो । यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

बडादसैँको सातौँ दिन मनाइने फूलपातीलाई दसैँको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १० : ४४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी