फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल « Khabarhub

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ । फूलपातीका लागि आवश्यक पूजासामग्री खरिद गर्न असन, इन्द्रचोक र मारु गणेश क्षेत्रमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ ।

फूलपातीका लागि आवश्यक फूल, पाती, उखु, अदुवाको बोट, केराको बोटलगायत सामग्री खरिद गर्न उपभोक्ता बजारमा पुगेका छन् । दसैँको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार घरमा फूलपाती भित्र्याउने तयारी भइरहेकाले बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो ।

नेपालीको प्रमुख चाड बडादसैँमा फूलपातीको विशेष धार्मिक महत्त्व छ । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा विभिन्न वनस्पति तथा फूलपातीलाई विधिपूर्वक घरमा भित्र्याएर दसैँघरमा स्थापना गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार फूलपाती भित्र्याएर दुर्गा भवानीको पूजा आराधना गर्दा घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । यही परम्पराअनुसार आवश्यक सामग्री जुटाउन सर्वसाधारण व्यस्त हुँदा दसैँको रौनकसँगै पुराना बजार क्षेत्रमा चहलपहल बढेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ११ : ०१ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित