बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू)  « Khabarhub

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा भक्तजनको आगमन बढ्न थालेको छ ।

असोज २६ गतेदेखि पुल सञ्चालनमा आएपछि पछिल्लो तीन दिनयता बाहिरी जिल्लाबाट आउने भक्तजनको सङ्ख्या बढ्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने पुलको पहुँच मार्ग बगाएपछि १५ दिनसम्म यातायात सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदा दसैँका लागि कालिका मन्दिर आउने भक्तजन प्रभावित भएका थिए ।

यद्यपि, यस वर्ष देशभर बाढीपहिरोलगायत विपद्का घटना बढेकाले विगतका वर्षको तुलनामा मन्दिरमा भक्तजनको चहलपहल कम छ । घटस्थापनादेखि नै दैनिक हजारौँ भक्तजन आउने गरेको मन्दिरमा यस वर्ष अपेक्षाकृत कम उपस्थिति देखिएको हो ।

गत वर्ष घटस्थापनाका दिन करिब १० हजार भक्तजन आएकोमा यस वर्ष करिब दुई हजार मात्रै आएका थिए । विपद्का कारण यस वर्ष भक्तजनको आगमन गत वर्षको तुलनामा उल्लेख्य घटेको हो ।

मालढुङ्गादेखि मुस्ताङको मुक्तिनाथ जाने सडकसमेत केही दिनअघि मात्रै सञ्चालनमा आएकाले त्यस क्षेत्र हुँदै आउने भक्तजनको आवागमन प्रभावित भएको थियो ।

दसैँका अवसरमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्ने तथा पञ्चबलि दिने भक्तजनको भीड लाग्ने गर्छ । तर, यस वर्ष विपद्का घटनाका कारण पञ्चबलि दिन आउने भक्तजनको सङ्ख्यासमेत न्यून रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ११ : ५३ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको