एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन « Khabarhub

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले एपीईसी सीईओ शिखर सम्मेलन २०२६ आगामी नोभेम्बर १७ र १८ मा चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने भएको छ ।

‘साझा समृद्धि र सबैका लागि लाभदायी भविष्यको प्रवद्र्धन’ नाराका साथ आयोजना हुने सम्मेलनमा एपीईसी सदस्य अर्थतन्त्रका नेताहरू तथा व्यावसायिक प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा स्वतन्त्र व्यापार क्षेत्रको विकास, क्षेत्रीय सम्पर्क विस्तार, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल अर्थतन्त्र, ग्रेटर बे एरिया र दिगो विकासका विषयमा छलफल हुनेछ ।

चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् (सीसीपीआईटी) ले आयोजना गर्ने दुईदिने सम्मेलनले व्यापार सहजीकरण, लगानी विस्तार र औद्योगिक सहकार्यलाई प्राथमिकता दिनेछ ।

मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष एनजी यी पिङले सम्मेलनले क्षेत्रीय व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै कम्पनीहरूका लागि व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गरे । उनले सीमापार व्यापार लागत घटाउन तथा डिजिटल व्यापार, एआई, जनशक्ति विकास र हरित प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

सन् १९९६ देखि हरेक वर्ष आयोजना हुँदै आएको एपीईसी सीईओ शिखर सम्मेलन सदस्य अर्थतन्त्रका नेताहरू र व्यावसायिक प्रतिनिधिहरूबीच क्षेत्रीय आर्थिक विकासबारे छलफल गर्ने उच्चस्तरीय मञ्च हो ।

चीनले यस वर्षको एपीईसी सहकार्यका लागि खुलापन, नवप्रवर्तन र सहकार्यलाई तीन प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ ।

प्यानासोनिक होल्डिङ्स कर्पोरेसन समूहका कार्यकारी अधिकारी मासाहारु नाकायामाले एसिया–प्रशान्त क्षेत्रको आर्थिक गतिशीलताको आधार खुला सहकार्य रहेको बताए। उनले आपूर्ति तथा मूल्य शृङ्खलाको एकीकरण सुदृढ गर्दै एआई, डिजिटल अर्थतन्त्र र दिगो विकासका अवसर उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

एनजीका अनुसार चीनसँग डिजिटल प्रविधि, एआई, उन्नत उत्पादन र विद्युतीय वाणिज्यमा अनुभव छ भने मलेसियासँग बलियो उत्पादन आधार, दक्ष जनशक्ति र आसियान क्षेत्रको व्यावसायिक सञ्जाल छ । यी विशेषताले दुवै देशलाई औद्योगिक तथा नवप्रवर्तनका साझेदारका रूपमा अघि बढ्न सहयोग पुग्ने उनले बताए ।

सन् २०२६ लाई एपीईसीको ‘चीन वर्ष’ का रूपमा मनाइरहँदा क्षेत्रीय व्यावसायिक सहकार्य र आर्थिक सम्पर्क विस्तारमा प्रगति भएको जनाइएको छ ।

सीसीपीआईटीका अध्यक्ष रन होङबिनले सम्मेलनका क्रममा एसिया–प्रशान्त समुदाय निर्माणलाई सहजीकरण गर्ने उद्देश्यले ‘सेन्जेन पहल’ सार्वजनिक गरिने बताएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ३ : २६ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले