छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड « Khabarhub

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर विगत तीन वर्षदेखि भने दैनिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको स्थानीय किसान प्रधानले बताए ।

उनका अनुसार यहाँ पूजाआजाका लागि बन्दीपुरका ग्रामीण भेगदेखि छिमेकी पालिकाबाट समेत भक्तजन आएका छन् । करिब ६०० वर्षभन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातिका तीन पुजारीहरू रहेका छन् । भगवान् शिवले राजा मणिमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रूप लिएर घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रूप धारण गरि उडेर बन्दीपुर डाँडामा खसेर उछिटिएर यस ठाउँमा भगवान् शिवजीको सन्देश स्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ ।

यहाँका बन्दीपुरेहरूले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आर्शीवाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले जानकारी दिए ।

यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ । खड्गदेवी मन्दिरमा हरेक दसैँको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ ।

खड्ग शोभायात्रा गर्दा बन्दीपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौंको सङ्ख्यामा उपस्थिति हुने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । मन्दिर पहिले ढुङ्गै ढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रूपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ४ : २६ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले