दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा « Khabarhub

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन ।

अवरुद्ध विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखा र यस क्षेत्रमा सञ्चालनमा रहेमा जलविद्युत आयोजनाहरूको सहयोगमा अस्थायी टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले बताए । “क्षतिग्रस्त भएका तीन वटा टावरको सट्टामा क्यानाडा प्रविधिको एक वटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्न लागिएको हो”, उनले भने, “बेनी–जोमसोम सडकको भीरकाटे खण्डदेखि पारी रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा टावर निर्माणका साथै तार तान्ने काम अन्तिम चरणमा छ ।”

कालीगण्डकी वेसिनमा रहेका जलविद्युत् आयोजना र महाशाखाका गरी २० जनाभन्दा बढी इञ्जिनियर, त्यति नै सङ्ख्यामा प्राविधिक र ५० जनाभन्दा बढी मजदुरहरू दैनिक रूपमा परिचालन गरेर टावर निर्माण र तार तान्ने काम धमाधम भइरहेको छ । तत्कालका लागि अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनःनिर्माणको प्रक्रिया सँगसँगै अगाडि बढाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनको टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालन भएका सात वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

प्रसारणलाइन र टावरमा क्षति पुगेपछि राहुघाटको स्विचयार्ड देखि माथि दाना सम्मको प्रशारण लाइन बन्द हुनपुगेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ५ : ०७ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको