म्याग्दीको बेनी–दरबाङ सडक बन्द « Khabarhub

म्याग्दीको बेनी–दरबाङ सडक बन्द


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा आजदेखि सुक्खा पहिरो खस्न थालेपछि जोखिम भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरेर यातायात सञ्चालन गरिने बताए । बेनी–दरबाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।

सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जानेहरूलाई समस्या भएको छ । फापरखेतमा विस २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । शनिबार यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ८ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया