आज २०८३ साल मङ्सिर १ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल मङ्सिर १ गते मंगलबारको राशिफल


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल मङ्सिर १ गते मंगलबार सन् २०२६ नोभेम्बर १७ तारिख। कार्तिक शुक्ल पक्षको अष्टमी तिथि। भौमा अष्टमी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सामाजिक काममा फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ।

वृष : शिक्षा र व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन :  प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । पठनपाठनमा  रुची  बढ्नेछ । नतिजाको  पर्खाइमा भए तपाईको पक्षमा नतिजा आउनेछ । यात्रामा भने सचेत बन्नु पर्ने छ ।

कर्कट : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।

सिंह : दिन राम्रो छ। कृषिजन्य वस्तुको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। अरुले तपाईको  प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कन्या : दिन सामान्य छ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

तुला : पठनपाठनमा मन जानेछ । शिक्षाको  क्षेत्रमा उन्नती हुने दिन  छ । पारिवारिक मेलमिलाप हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

धनु : दिन राम्रो छ । सञ्चित धनको उपयोग हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। भित्री योजना नसुनाउनु फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि सोच्नु उचित हुन्छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।

मीन : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ५ : ४६ बजे

डलर र पाउन्डको मूल्य उच्च, यस्तो छ आजको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर

एनपीएल : लोकेशले सर्वाधिक १८ छक्का हिर्काउँदा युवराजको २९ चाैका, कसले कति बाउन्ड्री हाने ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका

आज २०८३ साल मङ्सिर १ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १ गते मंगलबार सन् २०२६

विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक