डलर र पाउन्डको मूल्य उच्च, यस्तो छ आजको विनिमयदर « Khabarhub

डलर र पाउन्डको मूल्य उच्च, यस्तो छ आजको विनिमयदर


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा कायम भएको छ।

निर्धारित दरअनुसार युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा कायम भएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा तोकिएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ नौ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ५ : ५९ बजे

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग बढाउन एडीबीलाई नेपालको आग्रह

अन्ताल्या– नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण,

डलर र पाउन्डको मूल्य उच्च, यस्तो छ आजको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर

एनपीएल : लोकेशले सर्वाधिक १८ छक्का हिर्काउँदा युवराजको २९ चाैका, कसले कति बाउन्ड्री हाने ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका

आज २०८३ साल मङ्सिर १ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १ गते मंगलबार सन् २०२६

विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो