वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती « Khabarhub

वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय तनहुँले वन क्षेत्रको अतिक्रमण हटाएर एक दशमलव ७५ हेक्टर जमिनमा टिमुरका बिरुवा रोपेको हो। अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको वन क्षेत्रलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुरखेती सुरु गरिएको हो।

वन क्षेत्रको संरक्षण तथा अतिक्रमण नियन्त्रणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत सिर्जना हुने अपेक्षा गरिएको उनले बताए।

कार्यालयका अनुसार तनहुँमा ६२४ सामुदायिक वन रहेका छन्। ती वनको कुल क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर छ। यस्तै, जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन्।

त्यसैगरी ३० दशमलव ६२ हेक्टरमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन्। जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

वन क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको प्रमुख रानाभाटले बताए।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ७ : १२ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

नेपालगन्ज– पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १०

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

भोजपुर– पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर

वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी

एनपीएल : फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल प्रवेशका

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

म्याग्दी– मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र