साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन « Khabarhub

साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा, पारिश्रमिक नपाउने र दुर्व्यवहारजस्ता समस्या भोग्नुपरेको एक प्रतिवेदनले देखाएको छ।

एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेजनले तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाएका श्रमिकलाई आवश्यक नपरेको अवस्थामा कामबाट हटाउने गरेको छ। त्यसरी काम गुमाएका श्रमिक अर्को रोजगारी नपाएसम्म हप्तौँदेखि महिनौँसम्म पारिश्रमिकविहीन हुनुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म रियादस्थित अमेजनको गोदाममा कार्यरत तथा हालै काम छाडेका नेपाल र भारतका २४ श्रमिकसँग गरिएको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको हो।

प्रतिवेदनअनुसार कामबाट हटाइए पनि श्रमिकहरू भिसा प्रायोजन गर्ने कम्पनीकै नियन्त्रणमा रहने भएकाले अर्को काम खोज्न वा स्वदेश फर्कनसमेत कठिनाइ भोगिरहेका छन्। केही श्रमिकलाई घर फर्कनका लागि बहिर्गमन भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागिएको उल्लेख छ।

त्यस्तै, गोदाममा काम गर्ने श्रमिकमाथि उत्पादन लक्ष्य पूरा गर्न अत्यधिक दबाब दिने, निरन्तर निगरानी गर्ने र लक्ष्य पूरा गर्न नसके कामबाट निकाल्ने धम्की दिने गरिएको छ। श्रमिकहरूले दुर्व्यवहारविरुद्ध उजुरी गर्दा श्रमिक आपूर्ति कम्पनीले प्रतिशोध साँध्न सक्ने डरले गुनासो गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ।

एम्नेस्टीका अनुसार सन् २०२३ मा यस विषयमा अनुसन्धान सार्वजनिक भएपछि अमेजनले साउदी अरबमा कार्यरत एक हजार १८० श्रमिकलाई २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो। तर तेस्रो पक्षका कम्पनीमार्फत श्रमिक भर्ना गर्ने प्रणालीका कारण शोषणको जोखिम अझै कायम रहेको संस्थाको निष्कर्ष छ।

एम्नेस्टीले श्रमिकलाई तेस्रो पक्षमार्फत नभई प्रत्यक्ष रोजगारी दिन अमेजनलाई आग्रह गरेको छ। यता अमेजनले भने श्रमिक आपूर्ति कम्पनीमाथिको अनुगमन बढाएको, काम सकिएपछि बाँकी पारिश्रमिक तथा सुविधा भुक्तानी गर्न निर्देशन दिएको र अर्को रोजगारी उपलब्ध गराउन नसके स्वदेश फर्कने खर्चसमेत कम्पनीले बेहोर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ८ : ३३ बजे

पर्दाका कठोर खलनायकको जीवन संकटमा : कमब्याकको पर्खाइमा शरद कपुर

कुनै समय बलिउडमा खलनायकको भूमिकाबाट दर्शकको मनमा छुट्टै छाप छोडेका

साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

काठमाडौँ- साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा,

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम– इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

एजेन्सी – पाँच युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रले अवैध रूपमा