लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ  « Khabarhub

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ 


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो राति अन्दाजी १ बजेको समयमा सामान्य विवाद हुँदा अन्दाजी ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया सानु कुमारी कार्कीलाई ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

घटनाबारे राति ०१:१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिई उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ११ : १४ बजे

पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत

 काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ 

सिन्धुली– कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान

रुसी सैन्य विमानले जापानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि लडाकु विमान परिचालन

टोकियो– दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

मोरङ– जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको