चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व « Khabarhub

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । 

भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३-८४ को साउनदेखि असोजसम्म रु ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४१ लाख मात्रै संकलन भएको छ । 

नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयका अनुसार साउनमा १३ लाखको लक्ष्य राखिएकोमा ११ लाख, भदौमा १४ लाख ८९ हजारको लक्ष्य रहेकामा रु आठ लाख ४० हजार र असोजमा रु १६ लाखको लक्ष्य रहेकोमा आठ लाख ५१ हजार मात्र राजस्व उठेको थियो ।
 
कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट १३ लाख राजस्व संकलन गरेको जनाएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उनले बताए। 

उनले भने, “सामान ल्याउने थोरै मात्रै छन् । नजिकैका नागरिकले मात्र सामान ल्याउँछन् । व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।” 

कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० र मोटरसाइकलबाट २०० राजस्व लिने गरिएको छ । 

कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ । 

प्रमुख विष्टले भने, ‘यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो ।’ दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ ।

पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।
  
नेपाल भारत सीमा क्षेत्रमा  आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको सङ्ख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १२ : १४ बजे

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

घोराही– दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

आजपनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा लगातार आजपनि सुन–चाँदीको मूल्य घटेको छ ।

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

काठमाडौँ– एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन

पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत

 काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले