सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए « Khabarhub

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा नबसेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुँयाल नियमित काममा फर्किएका छन् ।

तिहार बिदापछि मंगलबार दुवै जना इजलासमा सहभागी भएका हुन् । प्रधानन्यायाधीश शर्मा न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग र फुँयाल न्यायाधीश गोकर्ण डाँगीसँग संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

यसअघि ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा इजलासमा नबसी न्यायप्रशासनका काममा संलग्न थिए भने न्यायाधीश फुँयाल तिहारअघि नै बिदामा बसेका थिए ।

तीन साताअघि सार्वजनिक भएको सापकोटाको ह्वाट्सएप सन्देशमा दुवै न्यायाधीशको नाम जोडिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १२ : ३२ बजे

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौँ– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट

कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या

एजेन्सी – लागूऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे खोजमूलक समाचार प्रकाशित

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए

काठमाडौँ –  इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

घोराही– दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन