मानव बेचबिखनसम्बन्धी सजायको दायरा बढाउन संशोधन विधेयक ल्याइयो « Khabarhub

मानव बेचबिखनसम्बन्धी सजायको दायरा बढाउन संशोधन विधेयक ल्याइयो


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ ल्याएको जनाएको छ । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानूनको दायरामा ल्याउने, र दण्ड सजायको दायरालाई फराकिलो बनाउने उद्देश्यका साथ उक्त विधेयक ल्याएको बताएका हुन् ।

उनले उच्च जोखिममा रहेका तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने गरी विधेयकको मस्यौदा तयार पारिएको बताए । 

मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणको लागि अन्तर्राष्ट्रिय सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल र सम्भावित स्थलमा निगरानीको व्यवस्था गर्ने प्रस्ताव समेत गरिएको उनले बताए ।

सचिव राउतले जबरजस्ती श्रममा लगाउने कार्यलाई कसुर कायम गर्ने, बालबालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्यलाई पनि ओसारपसारको कसुरको रूपमा कायम गर्नुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । विदेशी पीडित नागरिकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यममार्फत समन्वय गरेर फिर्ता पठाउने व्यवस्था गरिएको उनको भनाइ छ । 

उनले संगठित अपराधसँग सम्बन्धित ऐन र वैदेशिक रोजगारसँग सम्बन्धित ऐनहरूसँग विरोधाभास नआउने गरी मानव बेचबिखन तथा ओसारपसार हुने सम्मका विषयहरूलाई समायोजन गरी संशोधन प्रस्तावलाई अझ परिष्कृत गर्नुपर्ने बताए । 

समिति सदस्यहरूले साइबर हिंसा, अपराध र बालबालिकामाथि हुने यौन हिंसा तथा श्रम शोषण रोकथामलाई रोक्न कडा रुपमा कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १ : २२ बजे

मानव बेचबिखनसम्बन्धी सजायको दायरा बढाउन संशोधन विधेयक ल्याइयो

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

चाडपर्व बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन (तस्बिरहरू)

काठमाडौं– तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाडौंका प्रमुख

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

काठमाडौँ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौँ– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट