ड्यानियल क्रेगपछि जेम्स बोन्डको जिम्मेवारीमा रोबर्ट प्याटिन्सन « Khabarhub

ड्यानियल क्रेगपछि जेम्स बोन्डको जिम्मेवारीमा रोबर्ट प्याटिन्सन

००७ को नयाँ अवतारमा देखिने


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित जासुसी पात्र जेम्स बोन्ड अब नयाँ अनुहारसहित पर्दामा फर्किने भएका छन् । लामो समयदेखि नयाँ बोन्ड को बन्ला भन्ने चासो र अड्कलबाजीबीच बेलायती अभिनेता रोबर्ट प्याटिन्सनलाई यस प्रतिष्ठित भूमिकाका लागि छनोट गरिएको छ । ‘द ब्याटम्यान’ र ‘द ओडिसी’ जस्ता फिल्मबाट चर्चामा रहेका प्याटिन्सन अब ००७ को नयाँ अवतारमा देखिनेछन् ।

सोमबार लन्डनमा आयोजित एक कार्यक्रममा अमेजन एमजीएम स्टुडियोले प्याटिन्सनलाई नयाँ जेम्स बोन्डका रूपमा आधिकारिक घोषणा गरेको हो। डेनिस भिलेनुभको निर्देशनमा बन्ने फिल्ममा उनले बोन्डको भूमिका निर्वाह गर्नेछन्। यो जिम्मेवारी पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको प्रतिक्रिया दिँदै प्याटिन्सनले यसलाई सपनाभन्दा पनि ठूलो उपलब्धि बताएका छन्।

निर्देशक भिलेनुभले पनि प्याटिन्सनको अभिनय क्षमता र व्यक्तित्वको प्रशंसा गर्दै उनी बोन्डको कालजयी चरित्रलाई नयाँ ऊर्जा दिन सक्षम रहेको बताएका छन्।

प्याटिन्सनले ड्यानियल क्रेगपछि जेम्स बोन्डको भूमिका सम्हाल्न लागेका हुन्। क्रेगले सन् २००६ मा ‘क्यासिनो रोयाल’बाट बोन्डको यात्रा सुरु गरेका थिए। उनले लगातार पाँच फिल्ममा यो चरित्र निर्वाह गरे। सन् २०२१ मा प्रदर्शन भएको ‘नो टाइम टु डाइ’ उनको अन्तिम बोन्ड फिल्म थियो, जसले विश्वभर ९०६ मिलियन डलर कमाएको थियो।

नयाँ बोन्डका लागि ज्याकोब एलोर्डी, आरोन टेलर–जोन्सन, कलम टर्नर र निकोलस होल्टलगायतका कलाकारको नाम चर्चामा थियो। तर अन्ततः प्याटिन्सनले बाजी मारेका छन्।

फिल्मको निर्माण एमी पास्कल र डेभिड हेम्यानले गर्नेछन् भने पटकथा स्टिभन नाइटले लेखिरहेका छन्। फिल्मको छायांकन सन् २०२७ देखि सुरु हुने अपेक्षा गरिएको छ।

ब्याटम्यानको भूमिकाबाट सुपरहिरो दर्शकमाझ लोकप्रिय बनेका प्याटिन्सन अब जेम्स बोन्डका रूपमा कस्तो देखिनेछन् भन्ने चासो बढेको छ।

विशेषगरी ड्यानियल क्रेगले स्थापित गरेको बोन्डको छविलाई उनले कसरी नयाँ रूप दिनेछन् भन्ने कुरा फिल्मप्रेमीका लागि प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ३ : १५ बजे

राष्ट्रिय कर दिवस : साताव्यापी कार्यक्रम सुरु

काठमाडौं– राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता

ड्यानियल क्रेगपछि जेम्स बोन्डको जिम्मेवारीमा रोबर्ट प्याटिन्सन

काठमाडौं– चर्चित जासुसी पात्र जेम्स बोन्ड अब नयाँ अनुहारसहित पर्दामा

‘माग अनुसार उत्पादन नहुँदा कफीको आयात निरन्तर बढिरहेको छ’

काठमाडौं– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले माग अनुसार उत्पादन

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न