भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा « Khabarhub

भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उलानबटोर- विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । विपक्षी डेमोक्रेटिक पार्टीले उनीमाथि भ्रष्टाचारको आरोप लगाउँदै पद त्याग्न वा संसद्मा महाभियोगको सामना गर्न आह्वान गरेको एक दिनपछि राष्ट्रपतिले मङ्गलबार राजीनामाको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफूलाई झुटा आरोप लगाएर गम्भीर अपराधमा संलग्न भएको भन्दै बदनाम गरिएको बताए । आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्न राजीनामा दिन लागेको उनको भनाइ थियो । “राज्य प्रमुखले आफ्नो जिम्मेवारी त्यागेर सत्य स्थापित गर्नु न्यायको हितमा हुन्छ भन्ने मेरो विश्वास छ”, उनले भने । उनले आफूले मङ्गोलियाको राष्ट्रपतिको जिम्मेवारीबाट औपचारिक रूपमा अलग हुने घोषणा गर्दै आफ्नो प्रतिष्ठामा आँच पु¥याउनेहरूलाई सम्बन्धित निकायसमक्ष बुझाउने बताए ।

डेमोक्रेटिक पार्टीले सोमबार देशमा गहिरो भ्रष्टाचार रहेको आरोप लगाउँदै राष्ट्रपति खुरेलसुखसहित वरिष्ठ सरकारी अधिकारीहरूलाई पदबाट राजीनामा दिन र अनुसन्धानको सामना गर्न आग्रह गरेको थियो । तर, राष्ट्रपतिले आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा जनता वा राज्यको सम्पत्ति कहिल्यै चोरी नगरेको बताए ।

“मैले कहिल्यै झुट बोलेको वा चोरी गरेको छैन । कसैलाई धोका पनि दिएको छैन”, उनले भने । मङ्गोलिया पछिल्ला महिनादेखि राजनीतिक अस्थिरता र सत्तारूढ मङ्गोलियन पिपुल्स पार्टी (एमपीपी) भित्रको आन्तरिक विवादबाट गुज्रिरहेको छ ।

भ्रष्टाचारविरुद्ध हप्तौँसम्म प्रदर्शन भएपछि मार्चमा सांसदहरूले एक वर्षभन्दा कम अवधिमा तेस्रो प्रधानमन्त्री नियुक्त गरेका थिए । राजधानी उलानबटोरमा हजारौँ युवाले धनी अभिजात वर्ग र आफूहरूले व्यापक अन्यायका रूपमा लिएको अवस्थाविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ३ : ३६ बजे

भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा

उलानबटोर- विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि

राष्ट्रिय कर दिवस : साताव्यापी कार्यक्रम सुरु

काठमाडौं– राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता

ड्यानियल क्रेगपछि जेम्स बोन्डको जिम्मेवारीमा रोबर्ट प्याटिन्सन

काठमाडौं– चर्चित जासुसी पात्र जेम्स बोन्ड अब नयाँ अनुहारसहित पर्दामा

‘माग अनुसार उत्पादन नहुँदा कफीको आयात निरन्तर बढिरहेको छ’

काठमाडौं– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले माग अनुसार उत्पादन

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका