पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम « Khabarhub

पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर फिल्ड रोजेका छन् ।

टस हारेको दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दैछ ।

एनपीएल इतिहासमा रोहितले २३ खेल खेल्दै ३१.१९ को औसतमा ६ सय ५५ रन बनाएका छन्। उनको स्ट्राइक रेट ११३.९ छ भने उच्च स्कोर ९५ रन रहेको छ। यद्यपि, जारी तेस्रो संस्करणको लिग चरणमा भने रोहितको ब्याटबाट अपेक्षित रन निस्कन सकेको छैन। टोलीले शीर्ष स्थान हासिल गरे पनि ब्याटिङमा उनलाई डार्सी सर्ट र आसिफ शेखले साथ दिइरहेका छन्।

अर्कोतर्फ, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले एनपीएल करिअरका २४ खेलमा २९.९४ को औसतले ५ सय ३९ रन जोडेका छन्। रन संख्यामा रोहित केही अगाडि देखिए पनि आक्रामक ब्याटिङमा दीपेन्द्र अगाडि छन्। उनको स्ट्राइक रेट १३४.४ छ भने उच्च स्कोर ६० रन रहेको छ।

दीपेन्द्रले लिग चरणको अन्तिम खेलमा काठमान्डुविरुद्ध ६० रनको कप्तानी इनिङ्स खेल्दै टोलीलाई दोस्रो स्थानमा पुर्‍याउन निर्णायक भूमिका निर्वाह गरेका थिए। ब्याटिङसँगै बलिङ र फिल्डिङमा पनि खेल बदल्न सक्ने क्षमता दीपेन्द्रको मुख्य हतियार हो।

हेड टु हेडको नतिजामा लुम्बिनी हाबी देखिएको छ। चार भेटमा दुवैले समान दुई खेल जिते पनि पछिल्ला दुई खेलमा लुम्बिनी विजयी भएको छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएर उपाधि जितेको लुम्बिनीले जारी सिजनको उद्घाटन खेलमा पनि सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै ७ विकेटको सहज जित निकालेको थियो।

मंगलबार जित निकाले लुम्बिनीले सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा गर्नेछ। उता, पछिल्ला पाँचमध्ये चार खेल जित्दै उच्च लयमा रहेको सुदूरपश्चिम अघिल्ला हारको बदला लिँदै सिधै फाइनल पुग्ने दाउमा छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ४ : ३९ बजे

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार

जग्गाको कित्ताकाटसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

विराटनगर– विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान

पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा

धोनीले लिए आईपीएलबाट सन्न्यास : चेन्नई सुपर किंग्सको मेन्टर नियुक्त

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो