सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो « Khabarhub

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को अक्टोबरमा वार्षिक रूपमा ७९.८ प्रतिशतले वृद्धि भएको छ । सिंगापुरको इन्टरप्राइज सिंगापुरले मंगलबार जारी गरेको विवरणअनुसार सेप्टेम्बरमा ६८.३ प्रतिशतले बढेको गैरतेल घरेलु निर्यातले अक्टोबरमा पनि उच्च वृद्धि कायम गरेको हो ।

एआईसँग सम्बन्धित उत्पादनको निरन्तर मागका कारण इलेक्ट्रोनिक वस्तुको गैरतेल निर्यात ७३.९ प्रतिशतले बढेको छ । त्यस्तै, गैरइलेक्ट्रोनिक वस्तुको निर्यातमा ८१.९ प्रतिशतको वृद्धि भएको छ ।

यसैगरी, गैरतेल पुनःनिर्यात पनि अक्टोबरमा वार्षिक रूपमा ४८.१ प्रतिशतले बढेको छ । सेप्टेम्बरमा यस्तो निर्यात ४७.८ प्रतिशतले वृद्धि भएको थियो । पुनःनिर्यातअन्तर्गत इलेक्ट्रोनिक वस्तुमा ६९.१ प्रतिशत र गैरइलेक्ट्रोनिक वस्तुमा १५ प्रतिशतको वृद्धि भएको विवरणमा उल्लेख छ ।

त्यस्तै, अक्टोबरमा सिंगापुरको कुल वस्तु व्यापार ५०.७ प्रतिशतले बढेको छ । अघिल्लो महिना अर्थात् सेप्टेम्बरमा कुल वस्तु व्यापार ५०.८ प्रतिशतले वृद्धि भएको थियो । अक्टोबरमा निर्यात र आयात दुवैमा वृद्धि भएको सिंगापुरको इन्टरप्राइज सिंगापुरले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ५ : ५१ बजे

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

सिंगापुर- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति

काठमाडौँ– भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान

सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, अभिशेषको बलमा विनोद भण्डारी ‘कट बिहाइन्ड’

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद

पहिलो बलमै सुदूरपश्चिमको विकेट पतन, क्वालिफायर खेल्न नेपाल आएका मुन्से आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम