काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस हारेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । लगत्तै अर्को बलमा आरिफ शेख आउट भए । खेलको १७ ओभर ४ बलमा एक रन लिँदै दीपेन्द्रले अर्धशतक पूरा गरेका हुन् ।
लगत्तै अर्को बलमा आरिफ शेख आउट भए । शेर मल्लको बलमा डार्शी सर्टबाट क्याच आउट हुनुअघि उनले ६ बलमा ४ रन बनाए ।
लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।
लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।
यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।
आजका विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशका लागि भोलि हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।














प्रतिक्रिया