सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना « Khabarhub

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ । 

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । 

त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उनले जानकारी दिए । 

अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए  । 

जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उनको भनाइ छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए ।  

बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाई गर्दै अदालतले उक्त फैसला गरेको हो । 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।  

उनीमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ७ : ४१ बजे

मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन

लुम्बिनीले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली–  तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

गण्डकी– कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी

लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम