चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति « Khabarhub

चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ ।

उक्त चिया कारखानाको मेसिनबाट दिउँसो १ः५० बजेतिर अचानक आगो निस्किएर आगो फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

आगलागीको खबर प्राप्त हुनासाथ नजिकैको ज्यामिरगढी र चारआलीको प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेको उनले बताए । मेचीनगर र भद्रपुर नगरपालिकाबाट आएको दमकलले स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टामै आगलागी पूर्ण रुपमा नियन्त्रण गरेर उद्योगमा थप क्षति हुनबाट जोगाएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ९ : २३ बजे

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत

पाथीभरा देवी अक्षय कोषबाट शैक्षिक सामग्री वितरण

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई विद्यालयलाई शैक्षिक

चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

झापा – मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं– सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग