६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र « Khabarhub

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को ६ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो ।

आव २०८१–०८२ को छ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीका अनुसार चालु आव २०८२–८३ को ६ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ २२ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ आठ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आव २०८२–०८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा ६ महिना सकिँदा नौ अर्ब ५८ करोड चार लाख ४५ हजार बजेट खर्च भएको उनको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले ३६ दशमलव ३५ प्रतिशत, मुख्य न्यायाधीवक्ताको कार्यालयले ३० दशमलव ८० प्रतिशत, प्रदेशसभा सचिवालयले २९ दशमलव ३५ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले २८ दशमलव १० प्रतिशत खर्च गरेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले २६ दशमलव ४३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले २५ दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले दुई दशमलव ३० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन सक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत भण्डारीले बताए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ०१ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को