जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ « Khabarhub

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।

बाथरोग जागरण अभियान–२०८२ को अन्तर्गत प्राध्यापक जयश्री मल्ल अमात्य र गणितज्ञ प्राध्यापक धनकुमारी थापालाई सम्मान गरेको हो ।

उनीहरूलाई शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले उनीहरूलाई सम्मान गरे ।

बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर सङ्गीत’ भन्ने नारासहित साङ्गीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको अभियानलाई सहयोग गर्न तयार रहेको बताए ।

सेन्टरका अध्यक्ष डाक्टर विनीत वैद्यले बाथरोगको लक्षण र पहिचानबारे जनचेतना फैलाउनु आवश्यक रहेको बताए । डा. सुदीप कर्माचार्यले बाथरोगले शरीरका विभिन्न भागमा असर गर्न सक्ने भएकाले समयमै उपचार गराउनुपर्नेमा जनचेताना आवश्यक रहेको बताए ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले हरेक वर्ष माघमा बाथरोग जागरण जनचेतना अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ३५ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा