जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ « Khabarhub

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।

बाथरोग जागरण अभियान–२०८२ को अन्तर्गत प्राध्यापक जयश्री मल्ल अमात्य र गणितज्ञ प्राध्यापक धनकुमारी थापालाई सम्मान गरेको हो ।

उनीहरूलाई शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले उनीहरूलाई सम्मान गरे ।

बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर सङ्गीत’ भन्ने नारासहित साङ्गीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको थालनी गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष आशामान संगतले स्वास्थ्य सचेतना फैलाउने यस प्रयासको अभियानलाई सहयोग गर्न तयार रहेको बताए ।

सेन्टरका अध्यक्ष डाक्टर विनीत वैद्यले बाथरोगको लक्षण र पहिचानबारे जनचेतना फैलाउनु आवश्यक रहेको बताए । डा. सुदीप कर्माचार्यले बाथरोगले शरीरका विभिन्न भागमा असर गर्न सक्ने भएकाले समयमै उपचार गराउनुपर्नेमा जनचेताना आवश्यक रहेको बताए ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले हरेक वर्ष माघमा बाथरोग जागरण जनचेतना अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ३५ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने