कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी  « Khabarhub

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई कम्युनिस्ट घटक संवादमा जुट्न थालेका छन् ।

शुक्रबार आयोगले  थापालाई मान्यता दिएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच संवाद सुरु भएको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चुनावी गठबन्धनबारे कुरा अघि बढेका बेला गगनले पार्टीको कमान्ड खोसेपछि राजनीतिक परिस्थिति फेरिएको छ ।

गगन कुनै दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैनन् । उनैले यसअघिको महासमिति बैठकमा अबका कुनै चुनावमा तालमेल नगर्ने निर्णय गराइसकेका छन् ।

कांग्रेससँग मिल्ने बाटो बन्द भएपछि एमालेले अर्को कम्युनिस्ट घटक नेकपासँग संवाद थालेको हो । यही क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार राति  भरतपुर महानगरपालिकाको भवन उद्घाटन गर्न चितवन पुगेका दाहालसँग संवाद गरेका हुन् ।

ओलीले दाहलासँगको फोन संवादमा अहिलेकै  अवस्थामा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन नसकिने भएकाले नयाँ मिति तोक्ने वातावरणका लागि मिलेर प्रस्ताव ल्याउनेबारे कुरा गरेका हुन् ।

कांग्रेस फुटको विवादमा निर्वाचन आयोगको निर्णय आए पनि  शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत जाने सम्भावना छ । यस्तो अवस्थामा यो मुद्दा केही समय अड्किए प्रत्यक्षतर्फ पुस ६ मा उम्मेदवारी मनोनयन रोकिन सक्छ ।

ठूला दलले ताप्लेजुङदेखि दार्चुलासम्मका २२ वटा हिमाली जिल्लामा फागुन २१ गते चुनाव हुन नसक्ने बताइरहेका छन् ।

अर्कातिर निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था विपरित गत भदौ २७ गते अन्तरिम सरकार गठन नै नभई राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको सल्लाहमा मिति घोषणा गरिनुलाई पनि दलहरूले कानुनी रूपमा अनुचित भनिरहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : ४५ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ