झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे  « Khabarhub

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा– ५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर तामाङलाई टिकट दिएका हुन् ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । तामाङले झापा–५ को टिकट आफूले पाएको बताए ।

संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको उनले जानकारी दिए ।

‘प्रचण्ड कमरेडले झापा–५ को टिकट दिनुभयो’, तामाङले भने, ‘जितको अग्रिम शुभकामनासहित जसरी पनि जित्नुपर्छ भन्नुभएको छ ।’

माओवादी सम्वद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ प्रखर वक्ताका रुपमा चिनिन्छन् । उनी युवाहरु माझ लोकप्रिय पनि छन् ।

झापा–५ एमाले अध्यक्ष केपी ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रबाट ओली ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका छन् ।

यसपटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पनि झापा–५ बाट उठ्ने तयारीमा छन् । त्यसका लागि उनले दमकमा तीनवटा घर भाडामा लिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : ५६ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण