टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता  « Khabarhub

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका नेता कार्यकर्ता शुक्रबार रातभर धर्ना बसेका छन् । 

हुम्ला जिल्ला सभापति लरजित परियार र नेता गणेश पाण्डेसहित कर्णाली नेता कार्यकर्ताहरूले धापासी चस्मतीस्थि  पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।

पार्टीको समानुपातिक सूचीमा कर्णाली क्षेत्रको प्रतिनिधित्व नराखिएको र टासी ल्हाजोमको नाम सूचीबाट हटाइएपछि आक्रोशित  नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन्।

धर्ना बसेका नेता गणेश पाण्डेले टासी ल्हाजोमले आफैंले नाम फिर्ता लिएको नभएर पार्टीले नै अन्यायपूर्ण तरिकाले हटाइदिएको बताएका छन् । कर्णालीबाट प्रतिनिधित्व नगराएपछि रातभर धर्ना बस्नुपरेको उनले बताएका छन् ।

रास्वपाले बुधबार समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटाएको छ। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीकृत थिइन्। 

टासीले आफूले नाम फिर्ता नलिएको बताउँदै  पार्टी नेतृत्वले एकतर्फी निर्णय गरेको बताएकी छन् । आफूलाई फ्री तिब्बतसँग सम्बन्ध रहेको भनेर लागेको आरोपबारे उनले आपत्ति जनाएकी छन् । उनले त्यसको  प्रमाण देखाउन चुनौती दिएकी छन्। ।

ुम फिर्ता हुने कुनै प्रक्रियामा सहभागी भएकी छैन। म तिब्बती नागरिक होइन। म फ्री तिब्बत अभियानसँग संलग्न छैन। मेरा प्रेमी पनि तिब्बती होइनन्ु, उनले भनेकी छन् । 

उनले समानुपातिक सूचीबाट आफूलाई हटाउँदा एक वचन नसोधिएको बताएकी छन् । ‘यदि मलाई समानुपातिक सूचीबाट हटाइएको हो भने यसबारे डिपी अर्यालसँग कुरा गर्नुहोस्। मलाई न त सोधिएको छ, न त कुनै छलफल भएको छ’, उनले भनेकी छन् ।

तर रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफलपछि टासीको नाम सूचीबाट हटाइएको  बताएका थिए। उता टासीले नेतृत्वले आफूसँग एक वचन नसोधेको  बताएकी छन् । उनले यसबारे रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई सोध्न पनि भनेकी छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : ०१ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली