सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस « Khabarhub

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् । 

विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउनेगरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए ।

गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको प्रस्ताव आह्वान गरिएको थियो । पन्ध्र दिन अवधि भएकाले केही संस्थाले आवेदन दिन बाँकी नै छ ।

विभागले मङ्सिर ११ गते सार्वजनिक सूचना प्रकाशन गर्दै, ज्येष्ठ नागरिकका लागि काम गर्ने सङ्घसंस्थाहरूसँग प्रस्ताव माग गरेको थियो । नौ वटा सङ्घसंस्थाको प्रस्ताव पेस भएको यस क्षेत्रको सहयोगका लागि रु २० लाख छ । 

गत पुस १५ गते अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्ने सङ्घसंस्थाका लागि सूचना प्रकाशन गरिएको थियो । यसमा २० लाख सहयोग रहेको छ । सहयोग प्राप्त गर्न ६ वटा सङ्घसंस्थाको प्रस्ताव परेको छ । २० लाख लैङ्गिक तथा यौनिक अल्सड्ख्यक (एलजीवीटीक्युआइ) का लागि १७ गते सार्वजनिक सूचना प्रकाशन भएको थियो । यस क्षेत्रमा काम गर्न आठ वटा सङ्घसंस्थाको प्रस्ताव परेको निरौलाले जानकारी दिए ।
 
गत पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने सङ्घसंस्थासँग प्रस्ताव माग गरिएको थियो । ३० लाख बजेट विनियोजन भएको क्षेत्रमा काम गर्न १० वटा सङ्घसंस्थाको प्रस्ताव पेस भएको छ ।

विभागका प्रमुख समीक्षा निरौलाका अनुसार ३० प्रतिशत लागत सहभागिता संस्था आफैँले बेहोर्ने गरी प्रस्ताव पेस भएको हो । यसमा कम सहयोग प्रस्ताव गर्नेले तीन लाख ५० हजार र धेरै सहयोग प्रस्ताव पेस गर्नेले ८१ लाखको आवेदन परेको छ । 

प्रस्ताव पेस गर्नेहरूबाट गरिने प्रस्तुतीकरणमा विगतमा गरेका काम र प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति, आवश्यकतालगायत सूचकका आधारमा अ‌क प्रदान गरेर सहयोग रकम प्रदानसम्बन्धी निर्णय प्रक्रिया अगाडि बढाइने निरौलाले जानकारी दिए । 
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : २४ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।