‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’ « Khabarhub

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै आगामी चुनौतीहरू सामना गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन देशभरका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपील गर्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आपसी सद्भाव, सहकार्य र एकताबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने निष्कर्ष निकालिएको जानकारी दिए। उनका अनुसार कांग्रेस अब सम्पूर्ण रूपमा निर्वाचन केन्द्रीत गतिविधिमा जुट्नेछ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्‍याएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय पनि गरेको छ। आगामी दिनमा समेत निवर्तमान सभापति देउवा सहित अग्रज नेताहरूको अभिभावकत्व पार्टीमा कायम रहने विश्वास बैठकले व्यक्त गरेको प्रवक्ता चालिसेले बताए।

त्यसैगरी, पार्टीलाई थप बलियो बनाउन निवर्तमान केन्द्रीय कार्यसमिति र अग्रज नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि बैठकले व्यक्त गरेको छ।

 चालिसेले टिकट वितरण प्रक्रिया संसदीय बोर्डमार्फत अघि बढाइने जानकारी दिँदै पार्टी विधान र संविधान अनुसार नै पार्टीले अधिकारिकता प्राप्त गरिसकेको अवस्थामा भिन्न मत राख्न आवश्यक नरहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : ०७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको