काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन « Khabarhub

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको हिजो निधन भएको छ।

लामो समयदेखि पक्षघातका कारण घरमै उपचाररत सिंहको हृदयघातका कारण निधन भएको हो। उनको पार्थिव शरीरको आज टेकुस्थित जम्बुदिपमा अन्त्येष्‍टि गरिएको छ।

वि.सं.२००२ साल श्रावणमा जन्मिएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (हालको वडा नं. २२)बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस समय काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा रहेका थिए र वडाध्यक्षहरूमध्येबाट प्रधानपञ्च चयन गर्ने व्यवस्था थियो।

वडा नं.२२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार यही प्रणालीअनुसार सिंह २०३० सालदेखि दुई वर्षका लागि काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्च चयन भएका थिए ।

 ‘त्यसबेला वडाबाट निर्वाचित अध्यक्षहरूकै बीचबाट प्रधानपञ्च चुन्ने व्यवस्था थियो,’ महर्जनले जानकारी दिए । सिंहका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : १८ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने