पाल्पामा चुनावी चहलपहल बढ्यो « Khabarhub

पाल्पामा चुनावी चहलपहल बढ्यो


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । 

यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने अभिमत जाहेर गरेका छन् । 

यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरू काममा खटिसकेका छ । यहाँको  क्षेत्र नंं १ मा ९८ हजार ३८३ जना मतदाता छन् ।

जिल्लामा मतदानस्थल ५२ र ११७ मतदान केन्द्र कायम भएका छन् । क्षेत्र नं २ मा  एक लाख नौ हजार ५३ जना मतदाता  कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र कायम भएका छन् । 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ३ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली