चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै « Khabarhub

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। यो परीक्षणलाई आगामी उडान मिसनहरूतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकासकर्ताले जनाएको छ।

उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्रमा सम्पन्न यस परीक्षणले रकेट प्रणालीको कार्यक्षमता र स्थायित्व प्रमाणित गरेको छ।

चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित ‘लङ मार्च–१२बी’ नयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट हो। यो रकेट विशेष गरी व्यावसायिक न्यून–पृथ्वी कक्ष (लो अर्थ अर्बिट) का उपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको हो।

यस रकेटमा पृथ्वीनजिकको कक्षमा २० टनसम्म पेलोड बोक्ने क्षमता रहेको छ। कम्पनीका अनुसार फायरिङ परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ, जसले आगामी उडान परीक्षणका लागि बलियो आधार तयार गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ४ : ५५ बजे

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत