एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी « Khabarhub

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी छोडेका छन्।

पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा पौडेलले पार्टीभित्र हाल मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली–बेइज्जतीको संस्कृति, मोलाहिजा र गुटगत गतिविधिसँग आफू सहमत नभएको उल्लेख गरेका छन् ।

उनी एमाले सरकारमा हुँदा प्रदेश मुख्यमन्त्री लिला गिरीको नेतृत्वमा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए र कानुन आयोगको सदस्य पनि रहिसकेका छन्।

 उनी अब स्वतन्त्र रहिने बताएका छन्। पौडेल रूपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का बासिन्दा हुन्।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ४५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली